नेभिगेसन
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
खोज
विदेशी महिला नेपाल ल्याउँदै 'यौनधन्दा'मा धकेल्दै
राम्रो आम्दानी हुने काम लगाइदिने आश्वासन दिँदै युगान्डा, केन्यालगायत मुलुकबाट महिलालाई नेपाल ल्याउने र जबर्जस्ती यौन व्यवसायमा लगाइदिने गिरोह नै सक्रिय रहेको देखिन्छ । गिरोहको फन्दामा परेर यहाँ आइपुग्नेमा नाबालिगसमेत पाइएको छ ।
जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा
गत असार-साउनका ३० दिनभित्रमा नेपालका विभिन्न ठाउँमा ५ जनाले आत्मदाह गरे । भ्रष्टाचारको विरोध र सुशासनका पक्षमा भएको जेनजी विद्रोहको एक वर्षभित्र देशमा कुनै उल्लेखनीय परिवर्तन आयो कि आएन भन्ने बहस भइरहेको बेला सामान्य नागरिकले गरेको आत्मदाहलाई अहिले केहीले राजनीतिक अर्थमा हेरिरहेका छन् ।
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण
हरेक पालिकामा कम्तीमा एउटा अस्पताल चलाउने अवधारणाअनुरूप सरकारले आधारभूत अस्पताल निर्माण गरिरहेको छ । तर अहिलेसम्म जति अस्पताल सञ्चालनमा आएका छन्, तिनले सीमित डाक्टर–स्वास्थ्यकर्मी र न्यूनतम उपकरणबाट सेवा दिइरहेका छन् । कतिपय ठाउँमा त अस्पताल भवन बने पनि जनशक्ति र उपकरण जुटाउन नसकेर पालिकाले सेवा दिन नै थालेका छैनन् ।
क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता
विश्वमै क्यान्सरको उपचारमा प्रभावकारी पुष्टि भएका नयाँ औषधी सरकारले दर्ता नगरिदिँदा तस्करी गरेर ल्याउनु परिरहेको छ । त्यसरी ल्याएको औषधी बिरामीले महँगोमा किन्नु परिरहेको छ भने कहिलेकाहीँ त्यो औषधी गुणस्तरहीन पनि पर्ने गरेको छ ।
गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून
गण्डकी प्रदेशका मुस्ताङबाहेक १० जिल्लाका विभिन्न बस्ती छेउका पाखा, गाईवस्तुका चरन गर्ने चौर र सामुदायिक वन तथा संरक्षित वनमा यस्ता पार्क छन् । गण्डकी प्रदेश सरकारले ‘ग्रिन सिटी’ र ‘पर्यापर्यटन’ को नारा दिएर विगत ७ वर्षमा ३२ करोड ६३ लाख २८ हजार ४ सय ४१ रुपैयाँ खर्च गरेको छ । यो बजेटबाट प्रदेशभर ३ सय ६९ वटा पार्क बनेको तथ्यांक छ । ती पनि कति त अहिले बेवारिसे छन् । जसले पर्यापर्यटन प्रवर्द्धन होइन, सरकारी ढुकुटीको दोहन मात्र भइरहेको छ ।
माडीका विस्थापित चेपाङ समुदाय गरिबी, हिंसा र बेचबिखनको चपेटामा
बाढीपहिरोबाट पटक–पटक विस्थापित भएर चितवनको माडीमा पुगेका सीमान्तकृत समुदाय अहिले बसिरहेको ठाउँमा पनि असुरक्षित छन् । चरम गरिबीमा गुज्रिरहेका उनीहरू लैंगिक हिंसा, श्रमशोषण र मानव बेचबिखनको उच्च जोखिममा समेत छन् ।
सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती
चिनियाँ पुरुषले सन्तान जन्माउनैका लागि नेपाली युवतीहरूलाई विवाहका नाममा खरिद गर्ने र बच्चा जन्मेपछि हिंसा गर्ने गरेको पाइएको छ । चिनियाँ पुरुषका लागि नेपाली कन्या खोज्न नेपाली र चिनियाँ दलालहरू खटिएका छन् । जसले विवाहका नाममा नेपाली युवतीलाई मानवतस्करी गरेर चीनमा बेचबिखन गर्छन् ।
दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
ग्रामीण भेगमा स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्यसाथ सरकारले २०७७ सालमा ६ सय ५७ वटा आधारभूत अस्पताल बनाउने घोषणा गरेको थियो । दुई वर्षमा भवन निर्माण गरिसक्ने भनिएकामा साढे ५ वर्ष बितिसक्दा पनि अधिकांश भवन अधुरै छन्, कुनैमा निर्माण सुरु भएकै छैन; जति भवन बनेका छन्, तिनमा पनि राम्ररी सेवा सञ्चालन हुन सकेको छैन ।
श्रम गन्तव्य ग्रिस : गिरोहको पासोमा फस्दै नेपाली
वैदेशिक रोजगारी व्यवसायीले नेपाली युवालाई व्यक्तिगत श्रम स्वीकृतिमा रोमानिया, अल्बानियाजस्ता युरोपेली मुलुक पठाउँछन्, त्यहाँ पुगेपछि अर्को गिरोहले राम्रो कमाइको प्रलोभन देखाएर ग्रिस छिराउँछन् । तर त्यहाँ न राम्रो आम्दानी हुने काम पाउँछन्, न श्रमिकको वैधता ।
ठमेलमा 'मोलमोलाइ' गरेको आरोपमा विदेशी युवतीलाई मुद्दा, स्क्याम अखडा सञ्चालन गर्नेलाई उन्मुक्ति
सर्वसाधारण पुरुषलाई बाटो छेकी ‘यौनधन्दा’ का लागि मोलमोलाइ गरेको आरोपमा पर्यटक भिसामा आएका विदेशी महिलालाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको छ । तर अनलाइन स्क्याम सञ्चालन गरेको आरोपमा पक्राउ परेका बंगलादेशी र चिनियाँ नागरिक भने अध्यागमनमा ५ हजार रुपैयाँ जरिवाना मात्र तिरेर देश निकाला भएका छन् ।
क्यान्सरको उपचारमै सकिन्छ परिवारकै जायजेथा
कुनै व्यक्तिलाई क्यान्सर लागेपछि त्यो घरपरिवारले उपचारका लागि घरखेत बेच्नुपरेको छ । नेपालकै सरकारी अस्पतालमा क्यान्सरको उपचार सहजै नपाइने, निजी अस्पताल वा भारतमा गएर गराउनुपर्ने, उपचार पनि महँगो हुने र सरकारबाट पुग्दो सहयोग पनि नपाउने हुँदा क्यान्सरको उपचारमा सम्पत्ति बेच्नुपर्ने र ऋण लिनुपर्ने बाध्यता छ । भएको सम्पत्ति बेचेर र ऋण लिएर प्रियजनलाई बचाउँछु भनेर उपचारमा लागेका आफन्तले अन्तिममा सम्पत्ति सकाएर र ऋणमा डुबेर बिछोडको पीडा सहनुपरिरहेको छ ।
नेपाली कला तथा मूर्ति तस्करीको अन्तर्राष्ट्रिय जालो, नेपालको फितलो अनुसन्धान
अन्तर्राष्ट्रिय अनुसन्धान निकायहरूले नेपालबाट पुरातात्त्विक महत्त्वका चित्र तथा मूर्ति चोरीमा संलग्न भएको ठहर गरेका भारतीय मूलका अमेरिकी कला व्यापारी सुभाष कपुर, उनको समूह र उनले नेपालबाट चोरी तथा तस्करी गरेका घटनाबारेमा नेपालले गरेको अनुसन्धान भने फितलो देखिएको छ । जबकि सुभाष र उनका सहयोगीविरुद्ध अमेरिकाको अदालतलमा ८६ वटा फौजदारी कसुरमा मुद्दा दायर भएको छ । उनका सहयोगीहरूलाई अदालतले दोषी ठहर पनि गरिसकेको छ ।
नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी
नेपाल र भारतका राजमार्गमा गुड्ने ट्रकका चालक र पारलैंगिक यौनकर्मीबीच हुने असुरक्षित यौन सम्पर्क, सामाजिक लाञ्छना, कमजोर रोकथाम कार्यक्रम र एआरटीको सीमित पहुँचले एचआईभी नियन्त्रण चुनौतीपूर्ण बनेको छ । जसले गर्दा नेपाल र भारत ओहोरदोहोर गर्ने ट्रक चालक र पारलैंगिक यौनकर्मी सबैभन्दा बढी जोखिममा परेका छन् ।
जेन—जी आन्दोलनमा जलेका १२ हजार सवारीसाधनले थपियो पर्यावरणीय जोखिम
७६ जनाको ज्यान गएको जेनजी आन्दोलनमा देशभर १२ हजारभन्दा धेरै सवारीसाधन जलेका छन् र जसमध्ये बागमती प्रदेशमा जलेका सवारीसाधन ६ हजार ८ सय छन् । त्यतिबेला जलेका सवारीसाधन समयमै व्यवस्थापन पनि गरिएको छैन । यसले जलेका सवारीसाधनबाट निस्किने रसायन र खरानीले दीर्घकालसम्म स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने जोखिम छ ।
अमेरिका जाँदा समुद्रमा डुबेका ७ नेपाली हराएको हरायै, पठाउने पक्राउ पर्दै छुट्दै
गैरकानुनी रूपमा अमेरिका जाने क्रममा क्यारेबियन सागरमा साढे चार वर्षअघि डुंगा दुर्घटनामा परेर हराएका सात जना नेपाली युवकको अवस्था अझै पत्ता लागेको छैन । कुनै निकायबाट खोजी नभएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टिसमेत गरेका छन् । ती युवकलाई अमेरिका पठाउनेमाथि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा मुद्दा चलाए पनि उनी जेल पर्दै छुट्दै गरेका छन् । उनले त्यो दुर्घटनापछि पनि गैरकानुनी रूपमा अमेरिका पठाउने गरेको पाइएको छ ।
संसद्, सर्वोच्च, सिंहदरबार र राष्ट्रपति भवन जलाउन पेट्रोलियम पदार्थको प्रयोग
गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवन जलाउन के प्रयोग भएको थियो भनेर अन्तर्राष्ट्रियस्तरमै चासो छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले गरेको खोजमा यी संरचना जलाउन पेट्रोलियम पदार्थको प्रयोग भएको पाइएको छ ।
एसएमसी एपबाट ठगिएका काइँलाको त्यो हाँसो
७० हजार प्रयोगकर्ता जोडिएको एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ रुपैयाँ ठगी भएको बारेमा निमजिनले खोज गरिरहेको छ । खोजकै क्रममा भेटिए उदयपुरको उदयपुरगढी गाउँपालिका नेपालटारका काइँला । नेपालटार बजारका सबैलाई थाहा छ– सामान्य अक्षर पनि नचिन्ने र खेती किसान गरिरहेका काइँलाले एसएमसी एपमा लाखौँ गुमाएका छन् । बजारमा साना ठूला व्यवसाय गर्ने मात्र होइन, खेतीकिसानी गर्नेले पनि एसएमसीमा लाखौं गुमाएकै छन् । मिहिनेत र परिश्रमबिना नै पैसा कमाउनले लोभमा फसेर लाखौं गुमाएका उनीहरू सबैको पीडा एउटै छ ।
एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ ठगी
एसएमसी नामको मोबाइल एपबाट हजारौं नेपालीको करोडौँ रुपैयाँ ठगी भएको छ । ठगीमा परेको भन्दै साइबर ब्युरोमा अहिलेसम्म २ सय ५५ वटा सामूहिक उजुरी परेको छ । एउटै उजुरीमा परिवारका एकभन्दा धेरै जोडिएकाले उजुरी गर्नेको संख्या ६ सय जनाभन्दा धेरै छ । उजुरीका आधारमा १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए । एसएमसी एपमा ७० हजारभन्दा बढी नागरिक जोडिएको पाइएकाले ठगीमा पर्ने र ठगिएको रकम अझै धेरै हुने अनुमान छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म (निमजिन) ले डेढ महिनादेखि गरिरहेको खोजका क्रममा यो एपबाट पूर्वमेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा रहेका नेपालीसमेत ठगीमा परेको पाइएको छ ।
अपारदर्शी दल : करोडौँ खर्च, देखावटी चन्दा
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले गत असारमा दलहरूले कर छली गरेको र वास्तविकभन्दा न्यून आय–व्ययको विवरण देखाएको खुलासा गरेको थियो । यो खोजमा भने हामीले राजनीतिक दलहरूले उठाउने चन्दा र त्यसभित्रको अपारदर्शिता उजागर गरेका छौँ । दिने र लिने व्यक्तिबाहेक अरूलाई थाहा हुँदैन, दलहरूले उठाउने चन्दा । उनीहरूले कुन व्यक्तिसँग कति रकम चन्दा लिएको हो भनेर कहिल्यै सार्वजनिक पनि गर्दैनन् । जब कि कानुनले २५ हजार रुपैयाँभन्दा बढी चन्दा लिँदा बैंकिङ चेक वा ट्रान्सफर प्रयोग गर्न र १ लाख रुपैयाँभन्दा बढी चन्दा दिने व्यक्तिको नाम, ठेगाना, पेसा र आम्दानीको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ । तर, दलहरूले यो कानुनी व्यवस्था मिचेर आर्थिक कारोबार गरिरहेका छन् ।
अन्नपूर्णको काखमा रहेको पञ्चकुण्ड हिमताल : किन बढ्दै छ आकार ?
अन्नपूर्ण प्रथम हिमालको फेदीमा सन् १९९० मा हिमनदी भएको ठाउँमा पछि ५ वटा कुण्ड बने । ती कुण्ड बिलाएर अहिले एउटा ठूलो ताल बनेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक फिनु श्रेष्ठका अनुसार पछिल्लो १२ वर्षमा यो हिमतालको आकार ८ सय ४६ प्रतिशतले बढेको छ । अन्नपूर्णको फेदीमा बनेको ताल र तालमा देखिएको फेरबदलले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा भइरहेको भौगोलिक तथा वातावरणीय परिवर्तनलाई देखाउँछ ।
1
2
3
4
Next
header.Language