नेभिगेसन

खोज

एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ ठगी
एसएमसी मोबाइल एपबाट हजारौँ नेपालीको करोडौँ ठगी एसएमसी नामको मोबाइल एपबाट हजारौं नेपालीको करोडौँ रुपैयाँ ठगी भएको छ । ठगीमा परेको भन्दै साइबर ब्युरोमा अहिलेसम्म २ सय ५५ वटा सामूहिक उजुरी परेको छ । एउटै उजुरीमा परिवारका एकभन्दा धेरै जोडिएकाले उजुरी गर्नेको संख्या ६ सय जनाभन्दा धेरै छ । उजुरीका आधारमा १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी भएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए ।  एसएमसी एपमा ७० हजारभन्दा बढी नागरिक जोडिएको पाइएकाले ठगीमा पर्ने र ठगिएको रकम अझै धेरै हुने अनुमान छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म (निमजिन) ले डेढ महिनादेखि गरिरहेको खोजका क्रममा यो एपबाट पूर्वमेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा रहेका नेपालीसमेत ठगीमा परेको पाइएको छ । 
अपारदर्शी दल : करोडौँ खर्च, देखावटी चन्दा 
अपारदर्शी दल : करोडौँ खर्च, देखावटी चन्दा  नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले गत असारमा दलहरूले कर छली गरेको र वास्तविकभन्दा न्यून आय–व्ययको विवरण देखाएको खुलासा गरेको थियो । यो खोजमा भने हामीले राजनीतिक दलहरूले उठाउने चन्दा र त्यसभित्रको अपारदर्शिता उजागर गरेका छौँ । दिने र लिने व्यक्तिबाहेक अरूलाई थाहा हुँदैन, दलहरूले उठाउने चन्दा । उनीहरूले कुन व्यक्तिसँग कति रकम चन्दा लिएको हो भनेर कहिल्यै सार्वजनिक पनि गर्दैनन् । जब कि कानुनले २५ हजार रुपैयाँभन्दा बढी चन्दा लिँदा बैंकिङ चेक वा ट्रान्सफर प्रयोग गर्न र १ लाख रुपैयाँभन्दा बढी चन्दा दिने व्यक्तिको नाम, ठेगाना, पेसा र आम्दानीको स्रोत खुलाउनुपर्ने व्यवस्था गरेको छ । तर, दलहरूले यो कानुनी व्यवस्था मिचेर आर्थिक कारोबार गरिरहेका छन् ।
भूकम्पपछि बनेका विद्यालय भवन छन्, विद्यार्थी छैनन्
भूकम्पपछि बनेका विद्यालय भवन छन्, विद्यार्थी छैनन् शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको तथ्यांकअनुसार भूकम्पपछि भवन बनाइएका ७ हजार ५ सय ७३ मध्ये ६५ वटा विद्यालयमा विद्यार्थी नै छैनन् ।  विद्यालय भवन असहज ठाउँमा हुनु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु र रोजगारीका सिलसिलामा अभिभावकले बसाइँसराइ गर्नुलगायतका कारणले विद्यार्थी शून्य भएका हुन् । लाभान्वित जनसंख्यालाई ख्याल नै नगरी भवन पुनर्निर्माण भएको र सामुदायिक विद्यालयको गुणस्तर पनि सुधार हुन नसकेकाले विद्यार्थी आकर्षित हुन सकेका छैनन् । सरकारले करोडौं रुपैयाँ लगानी गरेर बनाएका कतिपय विद्यालयका राम्रा र सुविधा सम्पन्न भवन भए पनि विद्यार्थी नहुँदा राज्यको लगानी खेर गइरहेको छ । 
टहरामै ज्यान गुमाइरहेका छन् भूकम्पपीडित 
टहरामै ज्यान गुमाइरहेका छन् भूकम्पपीडित  जाजरकोट र रुकुमका भूकम्प प्रभावित २०८० सालदेखि अझै अस्थायी टहरामै छन् । अस्थायी टहरामा रहँदा बर्खामा झरी र हिउँदामा ठन्डीबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला जोखिममा छन् । टहरामै भएका गर्भवती, सुत्केरीहरूमा शरीर सुन्निने, निमोनियाजस्ता स्वास्थ्य समस्याबाट प्रभावित छन् । आमासँगै नवजात शिशुहरूमा निमोनियाजस्तो गम्भीर स्वास्थ्य समस्या देखा परिरहेको छ ।  नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले संकलन गरेको तथ्यांकअनुसार दुई वर्षको अवधिमा चिसोका कारण ३९ जनाले ज्यान गुमाएका छन् । भूकम्पपछि सरकारले सुरक्षित आवासको व्यवस्था गर्न नसक्दा उनीहरूले अकालमा ज्यान गुमाएका हुन् ।