नेभिगेसन
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
खोज
भूकम्प विस्थापितको पुनःस्थापनामा अर्बौँको लगानी, बालुवामा पानी
२०७२ सालको भूकम्पबाट विस्थापितहरूका लागि सरकार, विभिन्न व्यक्ति तथा संघ संस्थाले ठाउँठाउँमा एकीकृत बस्ती बनाइदिएका थिए । त्यतिखेर विपद्मा परेकाहरू बासकै लागि एकीकृत बस्तीमा आए पनि उनीहरूलाई त्यही टिकाउन सक्ने वातावरण नबन्दा विस्थापित परिवार पुनः आफ्नै जोखिमयुक्त पहाडी गाउँतिर फर्किन बाध्य छन् । मान्छे नै नबसेपछि एकातिर करोडौं रुपैयाँ खर्च गरेर बनाइएका एकीकृत बस्तीमा गरिएको लगानी बालुवामा पानीसरह भएको छ भने अर्कोतिर विस्थापित परिवारहरू पहाडका जोखिमयुक्त गाउँमै फर्किन बाध्य छन् ।
आप्रवासीलाई मताधिकार : सरकारको तयारी नै कमजोर
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले चैत ७, २०७४ मा विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदानको अधिकार सुनिश्चित गर्न निर्देशनात्मक आदेश दिएको थियो । सर्वोच्चले यसका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न सरकारलाई भनेको थियो । त्यो आदेशपछि देशमा स्थानीय तह, प्रदेश र संघको चुनाव भइसकेको छ । तर, अहिलेसम्म सर्वोच्चको उक्त आदेश कार्यान्वयन हुन सकेको छैन । सरकारले आगामी चुनावमा आदेश कार्यान्वयन गर्ने गरी काम पनि खासै अघि बढाएको छैन ।
प्रतिबन्धले रोकेन बाध्यता : चेपुवामा घरेलु श्रमिक महिला
तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले चैत २०, २०७३ मा गन्तव्य देशले घरेलु कामदारसम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगरेसम्म घरेलु कामदार नपठाउन सरकारलाई निर्देशन दिएको थियो । त्यसपछि सरकारले नेपाली महिलालाई घरेलु कामदारका रूपमा पठाउन बन्द गरेको थियो । सरकारले प्रतिबन्ध लगाए पनि महिलाहरूको गन्तव्य रोकिएन । तर बाटो भने फेरियो ।
दुर्गम डोल्पामा बलात्कार र हिंसाका घटना, न्याय पाउनै मुस्किल
मुलुकी अपराध संहिता, २०७४ ले करणीसम्बन्धी कसुर भएपछि पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसुरमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न नहुने व्यवस्था गरेको छ ।
सांस्कृतिक पहिचान र अस्तित्व गुमाउने खतरामा उपल्लो मुस्ताङ
उपल्लो मुस्ताङका मध्ययुगीन बस्ती र यहाँका सांस्कृतिक सम्पदा जलवायु परिवर्तनका कारण देखिने संकटसँग जुधिरहेका छन् । आन्तरिक र बाह्य पर्यटक लोभ्याउने लोमन्थाङका पुरातात्विक सम्पदा मात्र नभएर पछिल्लो समयमा समग्र उपल्लो मुस्ताङकै अस्तित्व संकटमा पर्ने चिन्ता स्थानीय बासिन्दाले गर्न थालेका छन् ।
भारतका गुम्बामा बालक ओसारपसार : बालअधिकारको हनन्
लामो समयदेखि अन्तरदेशीय रूपमा बालबालिकाको ओसारपसार भइरहँदा पनि त्यसलाई रोक्न उचित कानुनी व्यवस्था नभएको मात्र होइन, भएकै कानुन पनि कार्यान्वयन भएको पाइँदैन । यतिसम्म कि अदालतले नै पढाउने उद्देश्यले बालकहरूलाई भारत लैजानुलाई मानव बेचबिखन तथा ओसारपसारको कसुर प्रमाणित नहुने भन्दै फैसला गरेको छ ।
गर्भवतीलाई गर्मी कति जोखिम ?
अहिले विश्वभर नै बढ्दो गर्मीले गर्भवती महिलालाई प्रभाव पार्ने हुँदा जन्ममा असर परिरहेको पाइन्छ । अध्ययनहरूले अत्यधिक गर्मीले शिशुको विकासमा असर गर्ने र समयपूर्व नै बच्चा जन्मने जोखिम बढाउने गरेको पनि देखाएका छन् । वेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनकी अनुसन्धाता एना बोनेलसहितको ‘अत्यधिक गर्मी, गर्भावस्था र मृत शिशुको जन्मसम्बन्धी विशेषज्ञ समीक्षा’ प्रतिवेदनले तापक्रम बढ्दा गर्भवती महिलाहरूमा असर परिरहेको देखाएको छ ।
विदेशमा बेचबिखनमा परेकाको उद्धार गर्ने ऐन छ, कार्यान्वयन छैन
बेचबिखन तथा ओसारपसारमा परेकाहरूको उद्धारमा हुने समस्या कठिन छ । यौनशोषण तथा श्रमशोषणका लागि भारतका विभिन्न सहरमा बेचिएकाहरूको उद्धार निकै जोखिमपूर्ण पनि रहेको छ । अझ भन्नुपर्दा, ज्यानकै जोखिम मोलेर उद्धारमा खटिनुपर्छ । उद्धारका क्रममा सम्बन्धित क्षेत्रका सुरक्षाकर्मीको सहयोग पाउन पनि निकै गाह्रो हुन्छ ।
प्रकोप प्रभावितहरूको मनको चोट पुर्ने छैन संयन्त्र
बाढीमा आफन्त गुमाएकै कारण मानसिक रूपमा विक्षिप्त बनेको परिवारलाई त्यसपछिको दिनचर्यामा सामाजिक, व्यावहारिक समस्या, सांस्कृतिक अवरोध, विस्थापित र बसाइँसराइजस्ता समस्या आएका छन् ।
४ लाख खर्चेर मलेसिया, मेडिकल फेल भएर घर
मलेसियाको स्वास्थ्य निकाय ‘फोमेमा’ को पछिल्लो साढे ३ वर्षको तथ्यांकले भन्छ- वैदेशिक रोजगारीमा आएका नेपाली कामदारमा देखिएका प्रमुख सरुवा रोगहरूमा टीबी, हेपाटाइटिस ‘बी’, सिफलिस, हेपाटाइटिस ‘सी’ र हात्तीपाइले देखिएको छ ।
जलवायु परिवर्तनका कारण साम्जोङले व्यहोरेको गैरआर्थिक क्षति : गाउँ नै बन्यो शरणार्थी
जलवायु परिवर्तनका कारण पिउने पानी नै नपाउने स्थिति भयो । काकाकुल बनेर कति दिन बस्न सकिन्थ्यो र ? अति भएपछि १८ घरपरिवारका ८५ जनाको बसोबास रहेको यो बस्ती ९ वर्षअघि उत्तम साइत पारेर मे १९, २०१५ मा बसाइँ हिँड्यो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : ‘भोट बैंक’मा साँघुरिएको एक बृहत् योजना
रोजगारीका अवसर सिर्जना गरी गरिब र विपन्नको जीवनस्तर माथि उकास्ने उद्देश्य प्रधानमन्त्री रोजगार कार्यक्रमले लिए पनि विपन्नका लागि बनाइएको यो कार्यक्रम सम्पन्नले पाए, बेरोजगारका लागि बनाएको कार्यक्रम स्वरोजगारकै लागि थप कमाउने बाटो भयो ।
खाडी गएका पुरुषमा किन देखिँदै छ बाँझोपन ?
सामान्य तापक्रममा जन्मेहुर्केका नेपाली पुरुषहरूले खाडीको चर्को गर्मीमा लामो समय काम गर्दा बाबु बन्ने क्षमता गुमाउँदै गएको पाइएको छ । उच्च तापक्रमले शुक्रकीट उत्पादन र शुक्रकीटको संख्यामा कमी हुने हुँदा उनीहरूमा ‘बाँझोपन’ देखिन गरेको हो ।
भारतीय दलालको चंगुलमा नेपाली श्रमिक
केही स्थानीय बासिन्दाहरूलाई नै प्रयोग गरेर बेरोजगार युवालाई विभिन्न आश्वासन दिँदै भारतका विभिन्न ठाउँमा लगेर काममा लगाउने गरिन्छ । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्नेहरू नै त्यस्तो आश्वासनमा फस्न पुग्छन् ।
कानुनले निषेध गरेको यौन व्यवसायमा धकेलिएका छन् बादी किशोरी
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई आधार मान्ने हो भने कैलालीका बादी किशोरीलाई बेचबिखन गर्ने र यौन व्यवसायमा लगाउने आफन्त र अभिभावकलाई कडाभन्दा कडा सजाय हुनुपर्ने हो । तर यो कानुन बादी समुदायका लागि होइनजस्तो व्यवहारमा देखिन्छ ।
बादी पहिचानले नै लुटिन्छ अस्तित्व
बादीहरूको बाक्लो बसोबास रहेको यो एउटा सानो बस्ती हो मुढा । मुढा बजारका व्यक्तिगत घरमै खोलिएका भट्टी र भोजनालयमा ग्राहकहरू खानाको खोजीमा मात्र आएका हुँदैनन्, उनीहरू सबथोक खोज्दै यहाँ पुगेका हुन्छन् ।
हवाई दुर्घटनाका जाँचबुझ आयोग र सुरक्षा सुझावको गोलचक्कर
पोखरा र बाजुरामा भएका विमान दुर्घटनामा मात्र होइन, हामीले अध्ययन गरेका करिब ८० वटा छानबिन आयोगका प्रतिवेदनमा नै दुर्घटनाका सम्भावित कारण र दुर्घटना न्यूनीकरणका लागि दिएका सुझाव लगातारजसो दोहोरिएको पाइयो ।
भारतीय अर्केस्ट्रामा नेपाली किशोरीको तस्करी र बेचबिखन
नेपालसँगै सीमा जोडिएका भारतका सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि अर्केस्ट्रा देखाइन्छ । ती अर्केष्ट्रामा नेपाली महिलाहरूको ओसारपसार र बेचबिखन नै हुने गरेको छ ।
विद्यालयमा हुने ‘बुलिङ’ ले खतरामा बालबालिका
विद्यालयस्तरमा विद्यार्थी बालबालिकाको मनोसामाजिक समस्या तथा त्यसको समाधानमा त्यति ध्यान दिइँदैन । त्यसबारे त्यति कुरा पनि हुने गरेको छैन । त्यसमाथि कक्षाका साथी तथा शिक्षकबाट समेत गरिने हेपाहा खालको व्यवहारले बालबालिकाको मनोविज्ञानमा कस्तो असर पर्छ भन्ने विषयमा पनि ख्याल गरिएको पाइँदैन ।
आमाबाबुले नै यौन व्यवसायमा धकेल्छन् बादी किशोरीलाई
“बादी महिलाहरूले यौन व्यवसायकै लागि सीमा पार गरेको बताउँछन्, उनीहरूसँग नाबालिग छोरीहरू पनि हुन्छन्, आमाबुबासँगै नाकामा ओहोरदोहोर हुने हुँदा उनीहरूलाई रोक्न र सोधपुछ गर्न पाइँदैन, यो साह्रै नै दुःखद् हो,” रुम्बा भन्छिन् ।
Prev
1
2
3
4
Next
header.Language