Navigation

Investigations

लक्जेम्बर्गको नक्कली भिसा, सक्कली श्रम स्वीकृति
लक्जेम्बर्गको नक्कली भिसा, सक्कली श्रम स्वीकृति लीलबहादुरको बंगलामुखीसँगै केशव गौतम र शारदा रिजाल दम्पतीले सञ्चालन गरेको पल्सवेभ तथा सब कुरा कन्सल्टेन्सीले पनि विदेश पठाउने भन्दै भ्रमपूर्ण विज्ञापन प्रकाशन गरी ठगी गरेको भनेर ४ सय ९३ जनाले विभागमा उजुरी दिएका छन् । दम्पती भने फरार छन् । ठगिएका मध्ये केहीलाई नक्कली भिसा र कागजातमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको पाइएको छ ।  नेपाल, नयाँदिल्ली, टर्की र लक्जेम्बर्गसम्मै सेटिङ मिलाएको भन्दै जताबाट जसरी पनि उडाउने लीलबहादुरको आश्वासनलाई विश्वास गर्दा आफू ठगिएको तुलारामले बताए । “पहिला पनि एजेन्टले त्रिभुवन विमानस्थलबाट सेटिङमै उडाउन सकेकाले पत्याउन कर लाग्यो,” उनी भन्छन्, “त्यहाँ हुने गतिविधि देख्ने र भोग्ने साक्षी म आफैँ हुँ ।”
भूकम्प प्रभावित विपन्नको छैन बलियो घर, राज्यको भएन भर 
भूकम्प प्रभावित विपन्नको छैन बलियो घर, राज्यको भएन भर  प्राधिकरण खारेज भएसँगै पुनर्निर्माणको बाँकी कामले गति नलिँदा सीतामायाजस्ता सीमान्तकृत गरिब लाभग्राहीले बाँकी किस्ता नपाएर घर बनाउन सकेका छैनन् । अझै पनि ९२ हजार लाभग्राही तेस्रो किस्ताको पर्खाइमा छन् । भूकम्पमा १० लाख ५२ हजार ९ सय ३० घरमा क्षति पुगेको प्राधिकरणको तथ्यांक छ । जसमध्ये प्राधिकरणले ९ लाख १४ हजार ९५० घर पुनर्निर्माण गरेको थियो ।  कार्यअवधि पूरा भएर खारेज हुनुअघि प्राधिकरणले  झण्डै १ लाख ३८ हजार निजी घर पुनर्निर्माणको बाँकी काम पूरा गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । अहिले निजी आवास पुनर्निर्माणको काम सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइबाट सञ्चालन भइरहेको छ ।