नेभिगेसन

फिचर

लिच्छविकालीन मन्दिरमा आधुनिक इँटा, पुरातत्त्व विभागबाटै सम्पदा जोखिममा
लिच्छविकालीन मन्दिरमा आधुनिक इँटा, पुरातत्त्व विभागबाटै सम्पदा जोखिममा २०७२ सालको भूकम्पले चर्काएको लिच्छविकालीन पलाञ्चोक भगवती मन्दिर पुनर्निर्माणमा प्राचीन इँटाको सट्टा अंग्रेजी अक्षर अंकित आधुनिक इँटा र सिमेन्ट प्रयोग भएको छ । २०७६ सालमा पुनर्निर्माण सकिएको मन्दिरमा भएको अभ्यास पुरातत्त्व ऐनविपरीत हो, यस्तो अभ्यासले सम्पदाको मौलिकता नै गुम्ने र महत्त्व नै नासिने संरक्षणकर्मी श्रीकृष्ण बताउँछन् । स्थानीय तह र ठेकेदारले आफूखुसी निर्माण गर्न थालेका र बलियो बनाउने नाममा प्राचीन सम्पदाहरूमा पनि सिमेन्ट र आधुनिक सामग्रीको प्रयोग भएकोमा संरक्षणकर्मी गणपतिलाल पनि चिन्तित छन् । उनी भन्छन्, “पुरातत्त्व विभागले यस्तो कुरामा सम्झौता गर्नु हुँदैन, अडान लिन सक्नुपर्छ ।” 
यौनिक तथा लैंगिक अल्पसंख्यकको पढ्ने अधिकार खोसिँदै
यौनिक तथा लैंगिक अल्पसंख्यकको पढ्ने अधिकार खोसिँदै उनी कक्षामा कोहीसँग केही नबोली चुप लागेर बेन्चमा बसिन् । शिक्षक आएपछि कक्षा एकछिन शान्त भयो । तर, फेरि शिक्षकले पनि उनकै हाउभाउबारे बोल्न थाले । साथीभाइ र शिक्षकलेसमेत आफ्नो पहिचानलाई लिएर जिस्क्याउन थालेपछि उनले पढाइ नै छाड्नुपर्‍यो । यसरी पढाइ छाड्ने उनी एक्ली छैनन् । आफ्नो पहिचानकै कारण पढाइ पूरा गर्न नपाउने कोसिकाजस्ता यौनिक तथा लैंगिक अल्पसंख्यकहरु आफूहरुको पढ्न पाउने अधिकार गुमाउनुपरेकोमा दुःखी छन् ।  पढाइ पूरा गर्न नपाएकाले नै अहिले उनी बेरोजगारीको मारमा परेकी छन् । “पढ्ने मन हुँदाहुँदै पनि मैले आफूमाथि गरिने खिसीटिउरीका कारण पढ्न पाइनँ,” उनी सुनाउँछिन्, “अहिले एकदम नराम्रो लाग्छ । पढ्न पाएको भएँ जागिर पाउँथे कि । जागिर नभएकाले नै यौन व्यवसायमा लाग्न बाध्य भएकी छु ।”
भ्रष्टाचारको भारी मूल्य: ऐतिहासिक धरोहर बन्यो खरानी
भ्रष्टाचारको भारी मूल्य: ऐतिहासिक धरोहर बन्यो खरानी जेनजीको प्रदर्शनमा अहिलेसम्म ७५ जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा नेपालकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित न्यायको धरोहर सर्वोच्च अदालत र संघीय संसद् तथा प्रदेश संसद्का भवनहरूसमेत जले । देशभरका ४ सय ५२ वटा प्रहरी कार्यालय, १ हजार २ सय ५४ वटा सरकारी कार्यालय, ४ सय ५८ वटा निजी तथा व्यापारिक भवन र राजनीतिक दलका २ सय ५९ वटा कार्यालयमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । प्रदर्शनकारीले सञ्चार गृहका कार्यालय, राजनीतिक दलमा आवद्ध नेताहरूका निवास, अन्तर्राष्ट्रियस्तरका होटलमा समेत तोडफोड र आगजनी गरेका थिए । 
तिल्केचौरमा जमिन फाटेर घर भत्किए, भएन पुनःस्थापना
तिल्केचौरमा जमिन फाटेर घर भत्किए, भएन पुनःस्थापना झन्डै १५० रोपनी क्षेत्रफलको थुम्को परेको तिल्केचौरको अधिकांश जमिन चिरा परेको छ । जमिनमा धाँजा फाटेपछि घर बस्नै नमिल्ने भएकाले ६ परिवार थातथलो छाडेर बसाइँ हिँडे । १७ घरपरिवार रहेको तिल्केचौरका १२ घर चर्किएकोमा अरू ६ परिवार अहिले पनि जोखिम मोलेर चर्किएकै घरमा बसिरहेका छन् ।  जोखिमा रहेका कारण बसाइँ सरेकालाई सरकारी सहयोग दिने भनिए पनि कसैले रकम पाएका छैनन् । जोखिममै बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा सार्न पनि पहल भएको छैन । भूगर्भ विभागको प्रतिवेदनका आधारमा क्षति पुगेर बसाइँ सर्नुपर्ने अवस्थाका घरलाई स्थानान्तरणका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषमार्फत स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको लागत सहभागितामा नयाँ घर बनाउन रकम दिने भनिएको थियो ।