पाँचथरका पत्रकारका लागि सदरमुकाम फिदिममा तथ्यांक पत्रकारिता सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
जेठ ८ गतेदेखि १० गतेसम्म भएको तालिमका सहभागीलाई नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क निमजिनका मकर श्रेष्ठ र सुफल काफ्लेले पत्रकारितामा तथ्यांकको महत्त्व, तथ्यांक संकलन, विश्लेषण र प्रस्तुतिकरणबारे प्रशिक्षण दिएका छन् ।
तालिममा सहभागी इवारा लिम्बुले यो तालिमबाट पत्रकारिता गर्न थप सहज हुने बताइन । “हामी थप अभ्यास गर्छाैँ, तालिममा जे सिकेका छाैँ, हामी अभ्यास गर्नेछाैँ,” उनले भनिन्, “सिकेकाे सीपलाई मर्न दिदैनाैँ ।”
-1779985463.jpg)
तालिममा अर्का सहभागी कमल घिमिरेले एक साताको तालिमलाई छाेटाे अविधमा सकिएकाले अर्काे वर्ष एडभान्स तालिम आवश्यक भएकाे बताए । उनले भने “अहिले त हामीले डेटाकाे पीजी वा नर्सरीकाे काेर्ष मात्रै पढ्याैँ ।”
रामचन्द्र तामाङले डेटाको विश्लेषण गर्दा खाेजी समाचारकाे एंगल पनि पत्ता लगाउन सहज हुने बताए ।
नेपाल पत्रकार महासंघ, पाँचथर शाखाका अध्यक्ष भीमकुमार बाँस्काेटाले पत्रकारकाे क्षमता विकासका लागि तालिममा प्राविधिक सहयोग गरेकोमा निमजिनलाई धन्यवाद दिए । जिल्लाको पत्रकारहरूकाे माग अनुसार क्षमता थप अभिवृद्धि गर्न महासंघ तत्पर रहेकाे उनले बताए ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन)को प्राविधिक सहयोग रहेको यो तालिम नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको थियो भने आर्थिक सहयोग कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको थियो ।
-1779985460.jpg)
निमजिनले तथ्यांक पत्रकारितासहित मल्टिमिडियाको प्रयोग, खोज पत्रकारिता, आर्टिफिसियल इन्टेलिजेन्स, जलवायु परिवर्तन, विपद्, मानव बेचबिखनलगायतका विषयमा पत्रकारहरूलाई तालिम, अभिमुखिकरणका साथै स्टोरी उत्पादनका लागि फेलोसिप पनि प्रदान गर्दै आएको छ । निमजिन पत्रकारहरूद्वारा स्थापित गैरनाफामुलक संस्था हो ।
टिप्पणीहरू