निमिजिन द्वारा प्रदान गरिने यो दुई दिने भर्चुअल तालिमले पत्रकारहरूलाई प्रमाण सङ्कलन गर्ने र डेटा प्रयोग गरेर कथा निर्माण गर्ने निपुणता विकास गर्न विशेष सहायता गर्नेछ।खोज पत्रकारिताका सिद्धान्तहरू, डेटा पत्रकारिता, स्याटलाइट इमेजरी, मल्टिमिडिया, र थप विषयहरू समेट्ने यो तालिमले तपाईंको रिपोर्टिङ नैतिक र प्रभावकारी छ भनी सुनिश्चित गर्न आवश्यक सीप र उपकरणहरू प्रदान गर्नेछ।
मिति: जेठ २७ - २८, २०८३
माध्यम: भर्चुल
समय: बिहान ८ देखि १ बजे सम्म
इच्छुक पत्रकारहरूलाई आवेदन दिन आमन्त्रन गर्दछौ। दर्ता गर्नको लागि, तल दिइएको आवेदन फारम अंग्रेजी वा नेपालीमा भर्नुहोस्। आवेदकहरूले छनोट प्रक्रियालाई समर्थन गर्न स्पष्ट, विस्तृत प्रतिक्रियाहरू प्रदान गर्नुपर्नेछ ।
नोट: छनोटको नतिजा जस्तोसुकै भए पनि आवेदनमा साझा गरिएका सबै जानकारी र स्टोरी आइडियाहरु गोप्य राखिनेछ ।
प्रशिक्षणका मुख्य विषयहरू: यस तालिमको पाठ्यक्रम प्राविधिक दक्षता र प्रभावकारी 'स्टोरी टेलिङ'लाई जोड्ने गरी तयार पारिएको छ।
*यो तालिम भर्चुअल भएको हुँदा छनोट भएका पत्रकारहरूले सबै सत्रमा सहभागी हुनुपर्ने छ । तालिम नि:शुल्क हो र सिट सिमित छ ।
आवेदन दिने अन्तिम मिति: जेठ २२, २०८३
टिप्पणीहरू