नेभिगेसन
खोज
फिचर
ब्लग
घटनाक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
घटनाक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
जलवायु परिवर्तन
वातावरण मुद्दा : आफ्नै घोषणापत्रको विरुद्धमा दलहरू
हरेक निर्वाचनमा राजनीतिक दलले वातावरण संरक्षणका मुद्दा उठाउँछन् । तर, नेताहरूका भाषण र आयोजनाका प्रस्तावमा मात्र होइन, चुनावका बेला राजनीति दल तथा उम्मेदवारले उठाउने वातावरणका मुद्दा कमजोर रहने गरेका छन् । उनीहरूले केही राम्रा योजना अघि सारे पनि त्यसलाई कार्यान्वयन गर्ने आधार भने हुँदैन । सत्तामा पुगेपछि उनीहरूले आफैँले उठाएको मुद्दाविपरीत हुने गरी वातावरण विनाशका गतिविधिलाई संरक्षण र प्रोत्साहन गर्छन् ।
रेड पाण्डा जोगाउन सामुदायको प्रयास
वनमा रेड पाण्डालगायतका वन्यजन्तुको संरक्षणका लागि समुदायलाई नै अग्रसर गराएर पूर्वी नेपालमा बिमलाजस्ता स्थानीय बासिन्दालाई स्थानीय वैज्ञानिकका रूपमा नियुक्त गरिएको छ । रेड पाण्डा पाइने वन क्षेत्रको अवस्थाको रिपोर्टिङ मात्र नभई सामुदायिक वनका क्षेत्रका बासिन्दालाई संरक्षण सचेतना जगाउन पनि उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । उनीजस्ता वन अभिभावक पाँचथरमा १४, इलाममा १८ र ताप्लेजुङमा २१ जना छन् । देशका १३ जिल्लामा भने १ सय ४५ जना वन अभिभावक छन् ।
अन्नपूर्णको काखमा रहेको पञ्चकुण्ड हिमताल : किन बढ्दै छ आकार ?
अन्नपूर्ण प्रथम हिमालको फेदीमा सन् १९९० मा हिमनदी भएको ठाउँमा पछि ५ वटा कुण्ड बने । ती कुण्ड बिलाएर अहिले एउटा ठूलो ताल बनेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक फिनु श्रेष्ठका अनुसार पछिल्लो १२ वर्षमा यो हिमतालको आकार ८ सय ४६ प्रतिशतले बढेको छ । अन्नपूर्णको फेदीमा बनेको ताल र तालमा देखिएको फेरबदलले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा भइरहेको भौगोलिक तथा वातावरणीय परिवर्तनलाई देखाउँछ ।
कञ्चनजङ्घा क्षेत्रमा बढ्दो बाढीपहिरो
पृथ्वीको तापक्रम बढेकै कारण हिमाली क्षेत्रमा भौगोलिक परिवर्तनहरू आइरहेका छन् । यसबाट २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र पनि अछुतो छैन । पर्यटकको मुख्य आकर्षण रहने कञ्चनजङ्घा आधार शिविरसम्मको पदमार्गमा ठाउँठाउँमा गएका पहिरो, नयाँनयाँ बनेका हिमतालले यो क्षेत्रमा भइरहेको परिवर्तनलाई संकेत गर्छन् । कञ्चनजङ्घा परिवर्तनको एउटा उदाहरण हो– लोनाकमा बनेको हिमताल ।
सांस्कृतिक पहिचान र अस्तित्व गुमाउने खतरामा उपल्लो मुस्ताङ
उपल्लो मुस्ताङका मध्ययुगीन बस्ती र यहाँका सांस्कृतिक सम्पदा जलवायु परिवर्तनका कारण देखिने संकटसँग जुधिरहेका छन् । आन्तरिक र बाह्य पर्यटक लोभ्याउने लोमन्थाङका पुरातात्विक सम्पदा मात्र नभएर पछिल्लो समयमा समग्र उपल्लो मुस्ताङकै अस्तित्व संकटमा पर्ने चिन्ता स्थानीय बासिन्दाले गर्न थालेका छन् ।
गर्भवतीलाई गर्मी कति जोखिम ?
अहिले विश्वभर नै बढ्दो गर्मीले गर्भवती महिलालाई प्रभाव पार्ने हुँदा जन्ममा असर परिरहेको पाइन्छ । अध्ययनहरूले अत्यधिक गर्मीले शिशुको विकासमा असर गर्ने र समयपूर्व नै बच्चा जन्मने जोखिम बढाउने गरेको पनि देखाएका छन् । वेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनकी अनुसन्धाता एना बोनेलसहितको ‘अत्यधिक गर्मी, गर्भावस्था र मृत शिशुको जन्मसम्बन्धी विशेषज्ञ समीक्षा’ प्रतिवेदनले तापक्रम बढ्दा गर्भवती महिलाहरूमा असर परिरहेको देखाएको छ ।
जलवायु परिवर्तनका कारण साम्जोङले व्यहोरेको गैरआर्थिक क्षति : गाउँ नै बन्यो शरणार्थी
जलवायु परिवर्तनका कारण पिउने पानी नै नपाउने स्थिति भयो । काकाकुल बनेर कति दिन बस्न सकिन्थ्यो र ? अति भएपछि १८ घरपरिवारका ८५ जनाको बसोबास रहेको यो बस्ती ९ वर्षअघि उत्तम साइत पारेर मे १९, २०१५ मा बसाइँ हिँड्यो ।
खाडी गएका पुरुषमा किन देखिँदै छ बाँझोपन ?
सामान्य तापक्रममा जन्मेहुर्केका नेपाली पुरुषहरूले खाडीको चर्को गर्मीमा लामो समय काम गर्दा बाबु बन्ने क्षमता गुमाउँदै गएको पाइएको छ । उच्च तापक्रमले शुक्रकीट उत्पादन र शुक्रकीटको संख्यामा कमी हुने हुँदा उनीहरूमा ‘बाँझोपन’ देखिन गरेको हो ।
थामेको बाढी, संकटको घण्टी
हिमाली क्षेत्रका हिमनदी र हिमतालमा छिटोछिटो बरफ पग्लिँदै गएको छ । यस्तै गरी तापक्रम बढ्ने हो भने आउँदा वर्षहरूका सुक्खा याममा ‘पानीको अभाव’ लगायत विभिन्न असरहरू देखा पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
header.Language