नेभिगेसन
खोज
फिचर
ब्लग
घटनाक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
घटनाक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
जलवायु परिवर्तन
जेन—जी आन्दोलनमा जलेका १२ हजार सवारीसाधनले थपियो पर्यावरणीय जोखिम
७६ जनाको ज्यान गएको जेनजी आन्दोलनमा देशभर १२ हजारभन्दा धेरै सवारीसाधन जलेका छन् र जसमध्ये बागमती प्रदेशमा जलेका सवारीसाधन ६ हजार ८ सय छन् । त्यतिबेला जलेका सवारीसाधन समयमै व्यवस्थापन पनि गरिएको छैन । यसले जलेका सवारीसाधनबाट निस्किने रसायन र खरानीले दीर्घकालसम्म स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने जोखिम छ ।
जलवायु संकटमा जडीबुटी
छन्त्याल समुदायको पछिल्लो समय आम्दानीको मुख्य स्रोत यार्चागुम्बा, रातो च्याउ र अन्य बहुमूल्य जडीबुटी संकलन तथा निकासी बन्दै आएको थियो । तर अहिले उनीहरूको मुख्य आम्दानीको स्रोतमा जलवायु परिवर्तनको कालो बादल मडारिएको छ । बढ्दो तापक्रम र अनियमित मौसमका कारण जडीबुटीको उत्पादन घट्दै जाँदा स्थानीय बासिन्दाको आयआर्जनमा असर परेको छ ।
वातावरण मुद्दा : आफ्नै घोषणापत्रको विरुद्धमा दलहरू
हरेक निर्वाचनमा राजनीतिक दलले वातावरण संरक्षणका मुद्दा उठाउँछन् । तर, नेताहरूका भाषण र आयोजनाका प्रस्तावमा मात्र होइन, चुनावका बेला राजनीति दल तथा उम्मेदवारले उठाउने वातावरणका मुद्दा कमजोर रहने गरेका छन् । उनीहरूले केही राम्रा योजना अघि सारे पनि त्यसलाई कार्यान्वयन गर्ने आधार भने हुँदैन । सत्तामा पुगेपछि उनीहरूले आफैँले उठाएको मुद्दाविपरीत हुने गरी वातावरण विनाशका गतिविधिलाई संरक्षण र प्रोत्साहन गर्छन् ।
रेड पाण्डा जोगाउन सामुदायको प्रयास
वनमा रेड पाण्डालगायतका वन्यजन्तुको संरक्षणका लागि समुदायलाई नै अग्रसर गराएर पूर्वी नेपालमा बिमलाजस्ता स्थानीय बासिन्दालाई स्थानीय वैज्ञानिकका रूपमा नियुक्त गरिएको छ । रेड पाण्डा पाइने वन क्षेत्रको अवस्थाको रिपोर्टिङ मात्र नभई सामुदायिक वनका क्षेत्रका बासिन्दालाई संरक्षण सचेतना जगाउन पनि उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । उनीजस्ता वन अभिभावक पाँचथरमा १४, इलाममा १८ र ताप्लेजुङमा २१ जना छन् । देशका १३ जिल्लामा भने १ सय ४५ जना वन अभिभावक छन् ।
अन्नपूर्णको काखमा रहेको पञ्चकुण्ड हिमताल : किन बढ्दै छ आकार ?
अन्नपूर्ण प्रथम हिमालको फेदीमा सन् १९९० मा हिमनदी भएको ठाउँमा पछि ५ वटा कुण्ड बने । ती कुण्ड बिलाएर अहिले एउटा ठूलो ताल बनेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की रिमोट सेन्सिङ तथा भू–सूचना विश्लेषक फिनु श्रेष्ठका अनुसार पछिल्लो १२ वर्षमा यो हिमतालको आकार ८ सय ४६ प्रतिशतले बढेको छ । अन्नपूर्णको फेदीमा बनेको ताल र तालमा देखिएको फेरबदलले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा भइरहेको भौगोलिक तथा वातावरणीय परिवर्तनलाई देखाउँछ ।
कञ्चनजङ्घा क्षेत्रमा बढ्दो बाढीपहिरो
पृथ्वीको तापक्रम बढेकै कारण हिमाली क्षेत्रमा भौगोलिक परिवर्तनहरू आइरहेका छन् । यसबाट २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र पनि अछुतो छैन । पर्यटकको मुख्य आकर्षण रहने कञ्चनजङ्घा आधार शिविरसम्मको पदमार्गमा ठाउँठाउँमा गएका पहिरो, नयाँनयाँ बनेका हिमतालले यो क्षेत्रमा भइरहेको परिवर्तनलाई संकेत गर्छन् । कञ्चनजङ्घा परिवर्तनको एउटा उदाहरण हो– लोनाकमा बनेको हिमताल ।
सांस्कृतिक पहिचान र अस्तित्व गुमाउने खतरामा उपल्लो मुस्ताङ
उपल्लो मुस्ताङका मध्ययुगीन बस्ती र यहाँका सांस्कृतिक सम्पदा जलवायु परिवर्तनका कारण देखिने संकटसँग जुधिरहेका छन् । आन्तरिक र बाह्य पर्यटक लोभ्याउने लोमन्थाङका पुरातात्विक सम्पदा मात्र नभएर पछिल्लो समयमा समग्र उपल्लो मुस्ताङकै अस्तित्व संकटमा पर्ने चिन्ता स्थानीय बासिन्दाले गर्न थालेका छन् ।
गर्भवतीलाई गर्मी कति जोखिम ?
अहिले विश्वभर नै बढ्दो गर्मीले गर्भवती महिलालाई प्रभाव पार्ने हुँदा जन्ममा असर परिरहेको पाइन्छ । अध्ययनहरूले अत्यधिक गर्मीले शिशुको विकासमा असर गर्ने र समयपूर्व नै बच्चा जन्मने जोखिम बढाउने गरेको पनि देखाएका छन् । वेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनकी अनुसन्धाता एना बोनेलसहितको ‘अत्यधिक गर्मी, गर्भावस्था र मृत शिशुको जन्मसम्बन्धी विशेषज्ञ समीक्षा’ प्रतिवेदनले तापक्रम बढ्दा गर्भवती महिलाहरूमा असर परिरहेको देखाएको छ ।
जलवायु परिवर्तनका कारण साम्जोङले व्यहोरेको गैरआर्थिक क्षति : गाउँ नै बन्यो शरणार्थी
जलवायु परिवर्तनका कारण पिउने पानी नै नपाउने स्थिति भयो । काकाकुल बनेर कति दिन बस्न सकिन्थ्यो र ? अति भएपछि १८ घरपरिवारका ८५ जनाको बसोबास रहेको यो बस्ती ९ वर्षअघि उत्तम साइत पारेर मे १९, २०१५ मा बसाइँ हिँड्यो ।
खाडी गएका पुरुषमा किन देखिँदै छ बाँझोपन ?
सामान्य तापक्रममा जन्मेहुर्केका नेपाली पुरुषहरूले खाडीको चर्को गर्मीमा लामो समय काम गर्दा बाबु बन्ने क्षमता गुमाउँदै गएको पाइएको छ । उच्च तापक्रमले शुक्रकीट उत्पादन र शुक्रकीटको संख्यामा कमी हुने हुँदा उनीहरूमा ‘बाँझोपन’ देखिन गरेको हो ।
थामेको बाढी, संकटको घण्टी
हिमाली क्षेत्रका हिमनदी र हिमतालमा छिटोछिटो बरफ पग्लिँदै गएको छ । यस्तै गरी तापक्रम बढ्ने हो भने आउँदा वर्षहरूका सुक्खा याममा ‘पानीको अभाव’ लगायत विभिन्न असरहरू देखा पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
header.Language