नेभिगेसन
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
En
/
Np
En
/
Np
खोज
फिचर
ब्लग
तालिम तथा कार्यक्रम
निमजिन कुराकानी
तालिम/कार्यशाला
जर्नाथन
न्यूजलेटर
हाम्रो बारे
हाम्रो टीम
फेलो
प्रशिक्षार्थी
पूर्व इन्टर्न
हाम्रो नेटवर्क
प्रकाशन साझेदार
पूर्व फेलोहरू
न्यूजलेटर
बारम्बार सोधिने प्रश्नहरू
विपद्
बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो
बाढीले पूर्ण क्षति बनाएका रसुवा, नुवाकोट र धादिङका विद्यालयले विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गरेर मनोपरामर्श दिँदै पढाइ सुरु गरेर बाढीको पीडा भुलाउन चाहेका छन् । तर, विद्यालय सञ्चालनका लागि संरचना जुटाउनै सकस भएको छ ।
परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ?
पहिरोले घरखेत बगाउँदा बस्ती सारिन्, भूकम्पले घर भत्काउँदा नयाँ ठड्याइन्, तर अहिले त्रिशूलीको बाढीले घरखेतसँगै परिवारका ६ जनालाई बगाएपछि नुवाकोट बेत्रावतीकी ५७ वर्षीया सावित्री तामाङ उभिन सकेकी छैनन् । यो उमेरमा परिवार, घरबार र सम्पत्ति सबै गुमाएकी उनी भन्छिन्– अब जीवन कहाँबाट सुरु गर्ने ?
९ बजे बाढी आयो
भोटेकोशी बाढीको नवौँ दिन भदौ १८ गते बिहानसम्म १२ सय बढी शव फेला परेको र ४ हजार २ सय १६ जना अझै सम्पर्कविहीन रहेको तथ्याङ्क सरकारसँग छ । भोटेकोशी बाढीका कारण कति जनाको ज्यान गयो भन्ने पूर्ण विवरण अझै आइसकेको छैन । विभिन्न जलविद्युत् आयोजनाका मात्रै करिब ९ सय जना सम्पर्कविहीन छन् । र, वैज्ञानिकहरू हिमालमा दोस्रो बाढी अझै अड्किएर बसेको बताउँछन् ।
बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दो पूर्वचेतावनी प्रणाली
म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको कोरलासम्म पुग्ने कालीगण्डकी करिडोरमा पहिरोको जोखिम छ । तर यहाँ विपद्पूर्वको सावधानी अपनाउन भरपर्दाे पूर्वसूचना प्रणाली भने छैन । जबकि कालीगण्डकी नदी र यसका सहायक नदीहरूको मुहानमा हिमतालहरू छन् । नदी किनार पनि पहिरोको उच्च जोखिममा छ ।
लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै
पहिले वृद्ध, दीर्घरोगी वा कमजोर शारीरिक अवस्थाका मानिसका लागि लेक लाग्नु जोखिम मानिन्थ्यो । तर अहिले मृत्युको सूचीमा सबैभन्दा अगाडि छन्– शारीरिक रूपमा सक्षम, काम गर्ने उमेरका र आत्मविश्वासले भरिएका युवा । मृतकहरूको विवरण हेर्दा हिमाली क्षेत्रमा काम गर्ने, यार्सा संकलन गर्ने, पदयात्रा गर्ने र धार्मिक यात्रामा निस्कने सक्रिय उमेर समूह नै सबैभन्दा बढी जोखिममा परेको देखिन्छ ।
माडीका विस्थापित चेपाङ समुदाय गरिबी, हिंसा र बेचबिखनको चपेटामा
बाढीपहिरोबाट पटक–पटक विस्थापित भएर चितवनको माडीमा पुगेका सीमान्तकृत समुदाय अहिले बसिरहेको ठाउँमा पनि असुरक्षित छन् । चरम गरिबीमा गुज्रिरहेका उनीहरू लैंगिक हिंसा, श्रमशोषण र मानव बेचबिखनको उच्च जोखिममा समेत छन् ।
समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान
सर्पदंशका बिरामीले समयमै उपचार नपाउँदा ज्यान गुमाइरहेका छन् । पछिल्लो समयमा पहाडी जिल्लामा सपंदर्शका घटना बढ्दै गए पनि त्यहाँ उपचारको सुविधा छैन । जसले गर्दा सर्पदंशका बिरामीले लामो यात्रा गरेर तराइका जिल्लाम रहेको उपचार केन्द्रसम्म आउनुपर्ने बाध्यता छ । उपचारका सुविधा भएका ठाउँमा पनि आवश्यक उपकरण नहुँदा सर्पदंशका बिरामीले ज्यान गुमाइरहेका छन् ।
पुनर्निर्माणको ३ अर्ब रुपैयाँ सरकारी खातामा, प्रभावितको बास जस्तापातामा
काभ्रेको रोशीका जीवन र च्याङ्बा रानी पुनर्निर्माणका लागि सरकारले दिने भनेको रकम नपाएकाले अहिलेसम्म टहरोमै बस्नुपरेको गुनासो गर्छन् । तर रकम नपाउने उनीहरू मात्र छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार उनीहरूजस्तै घर बनाउने अनुदानको आशामा ३३ जिल्लाका २ हजार ५ सय ८९ घर परिवार छन् । लाभग्राहीका रूपमा उनीहरूलाई प्राधिकरणले प्रमाणीकरण गरे पनि स्थानीय तह र संघीय सरकारबिचको प्रभावकारी समन्वयको अभावमा रकम दिन सकिएको छैन ।
भक्तपुरमा अवैध प्लटिङ : व्यवसायीलाई नाफा, नागरिकलाई पीडा
भक्तपुरका सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा प्लटिङ अहिले पनि धेरै भेटिन्छन्, वडैपिच्छेका फराकिलो खाली जमिनमा यस्तै प्लटिङका योजनाहरू सञ्चालन भइरहेका छन् । बिनाअध्ययन र अनुमति प्लटिङ गर्दा वातावरण विनाश, भूक्षयको जोखिम बढ्नुका साथै जनधनको क्षतिसमेत हुने गरेको छ । मापदण्ड पूरा नगरेका प्लटिङलाई अवैध भन्ने गरिन्छ । सरोकारवालाहरूसँग समन्वय नगरी आफूखुसी जग्गाको प्लटिङलाई अवैध मानिए पनि अवैधको ठ्याक्कै यही नै भन्ने परिभाषा नभएको काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय भक्तपुरका प्रमुख सफल श्रेष्ठ सुनाउँछन् ।
इपिसेन्टर इलाम : साना पहिरो, ठूलो क्षति
असोज १७ गतेदेखि १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले इलाममा मात्रै ३९ जनाको ज्यान गएको छ । बाढीले सडक, पुल, विद्युत्, खानेपानीजस्ता भौतिक संरचनामा पनि क्षति गरेकाले पूर्वको यो सुन्दर जिल्ला पीडामा छ । इलाममा माटोको सतहले थेग्नै नसक्ने गरी अति भारी वर्षा भएकाले पहिरो आएको जलवायु विज्ञले बताएका छ ।
भूकम्पपछि बनेका विद्यालय भवन छन्, विद्यार्थी छैनन्
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको तथ्यांकअनुसार भूकम्पपछि भवन बनाइएका ७ हजार ५ सय ७३ मध्ये ६५ वटा विद्यालयमा विद्यार्थी नै छैनन् । विद्यालय भवन असहज ठाउँमा हुनु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु र रोजगारीका सिलसिलामा अभिभावकले बसाइँसराइ गर्नुलगायतका कारणले विद्यार्थी शून्य भएका हुन् । लाभान्वित जनसंख्यालाई ख्याल नै नगरी भवन पुनर्निर्माण भएको र सामुदायिक विद्यालयको गुणस्तर पनि सुधार हुन नसकेकाले विद्यार्थी आकर्षित हुन सकेका छैनन् । सरकारले करोडौं रुपैयाँ लगानी गरेर बनाएका कतिपय विद्यालयका राम्रा र सुविधा सम्पन्न भवन भए पनि विद्यार्थी नहुँदा राज्यको लगानी खेर गइरहेको छ ।
टहरामै ज्यान गुमाइरहेका छन् भूकम्पपीडित
जाजरकोट र रुकुमका भूकम्प प्रभावित २०८० सालदेखि अझै अस्थायी टहरामै छन् । अस्थायी टहरामा रहँदा बर्खामा झरी र हिउँदामा ठन्डीबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला जोखिममा छन् । टहरामै भएका गर्भवती, सुत्केरीहरूमा शरीर सुन्निने, निमोनियाजस्ता स्वास्थ्य समस्याबाट प्रभावित छन् । आमासँगै नवजात शिशुहरूमा निमोनियाजस्तो गम्भीर स्वास्थ्य समस्या देखा परिरहेको छ । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले संकलन गरेको तथ्यांकअनुसार दुई वर्षको अवधिमा चिसोका कारण ३९ जनाले ज्यान गुमाएका छन् । भूकम्पपछि सरकारले सुरक्षित आवासको व्यवस्था गर्न नसक्दा उनीहरूले अकालमा ज्यान गुमाएका हुन् ।
बाढीपहिरोले बगरमा परिणत हुँदै कृषियोग्य जमिन
तिल्केचौरमा जमिन फाटेर घर भत्किए, भएन पुनःस्थापना
झन्डै १५० रोपनी क्षेत्रफलको थुम्को परेको तिल्केचौरको अधिकांश जमिन चिरा परेको छ । जमिनमा धाँजा फाटेपछि घर बस्नै नमिल्ने भएकाले ६ परिवार थातथलो छाडेर बसाइँ हिँडे । १७ घरपरिवार रहेको तिल्केचौरका १२ घर चर्किएकोमा अरू ६ परिवार अहिले पनि जोखिम मोलेर चर्किएकै घरमा बसिरहेका छन् । जोखिमा रहेका कारण बसाइँ सरेकालाई सरकारी सहयोग दिने भनिए पनि कसैले रकम पाएका छैनन् । जोखिममै बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा सार्न पनि पहल भएको छैन । भूगर्भ विभागको प्रतिवेदनका आधारमा क्षति पुगेर बसाइँ सर्नुपर्ने अवस्थाका घरलाई स्थानान्तरणका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषमार्फत स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारको लागत सहभागितामा नयाँ घर बनाउन रकम दिने भनिएको थियो ।
भूकम्प प्रभावित विपन्नको छैन बलियो घर, राज्यको भएन भर
बाढीले खानेपानी आयोजनामा क्षति गर्दा काकाकुल बनेका गाउँ
पहिलादेखि नै अपानीको समस्या रहेका गाउँका बासिन्दाको प्यास मेटाउन सुनकोशी, तामाकोशी र रोशी खोला किनारबाट पानी तानेर माथिका गाउँमा पुर्याइएका लिफ्टिङ आयोजनाहरूमा पोहोर असोजको बाढीपहिरोले क्षति गरेको छ । बाढीले क्षति गरेपछि निर्माणाधीन आयोजनाको काम पनि रोकिएको छ । त्यसो त पोहोरको मनसुनजन्य विपद्का कारण देशका ६६ जिल्लाका ५ लाख घरधुरीका २५ लाख जना प्रत्यक्ष प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद्पश्चातको पुनर्लाभ (पुनर्निर्माण तथा पुनःस्थापना योजना) अनुसार बाढीका कारण कुल ८ सय १२ वटा आयोजनामा क्षति पुगेको छ ।
हरेक बर्खा विपद् दोहोरिने खत्वे टोलमा हुँदैन पूर्वतयारीको काम
विपद्को जोखिममा रहेको सुनसरीको खत्वे टोल मात्र होइन, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार यो वर्ष ४ लाख ५७ हजार १ सय ४५ घरधुरी मनसुनजन्य विपद्को जोखिममा छन् । यस वर्ष मनसुन ऋतुको अवधिमा देशैभर विगतको सरदरभन्दा अधिक वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । जसले गर्दा बाढी, पहिरो, डुबान, जमिन कटानको जोखिम पनि विगतमा भन्दा धेरै रहेको कार्ययोजनामा उल्लेख छ ।
खोलामा सहर : बाढीको बबन्डर
नेपालको सहरीकरण तीव्र रूपमा भइरहेको छ, बढ्दो सहरीकरणसँगै सहरी क्षेत्रका खोला र नदी किनारमा घर र अन्य संरचनाहरूको निर्माण पनि हुने गरेको छ । कतिपय ठाउँमा त खोला नै मिचेर भवन बनाइएको छ । पानी बग्ने खोलालाई दायाँबायाँ पर्खाल लगाएर सानो परिएको छ । यसको परिणामस्वरूप, प्राकृतिक जल निकासीको प्रक्रिया अवरुद्ध हुन्छ, पानीको प्रवाह अनियन्त्रित हुन पुग्छ र सहरतिर बाढी फैलिन थाल्छ । काठमाडौं उत्पकाका खोला किनारका बस्तीले हरेक वर्ष यसको असर भोगिरहेका छन् ।
बर्सेनि बढ्दै चट्याङ: ग्रामीण क्षेत्रमा नसोचेको क्षति
चट्याङ लागेका सबै घाइते मात्र हुन्छन् भन्ने छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो १४ वर्षमा देशभर १ हजार २ सय ६२ जनाले चट्याङमा परेर ज्यान नै गुमाएका छन् । वैशाख, २०६८ देखि चैत, २०८१ सम्ममा चट्याङबाट ३ हजार ५ सय ५६ जना घाइते भएका छन् ।
कञ्चनजङ्घा क्षेत्रमा बढ्दो बाढीपहिरो
पृथ्वीको तापक्रम बढेकै कारण हिमाली क्षेत्रमा भौगोलिक परिवर्तनहरू आइरहेका छन् । यसबाट २ हजार ३५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र पनि अछुतो छैन । पर्यटकको मुख्य आकर्षण रहने कञ्चनजङ्घा आधार शिविरसम्मको पदमार्गमा ठाउँठाउँमा गएका पहिरो, नयाँनयाँ बनेका हिमतालले यो क्षेत्रमा भइरहेको परिवर्तनलाई संकेत गर्छन् । कञ्चनजङ्घा परिवर्तनको एउटा उदाहरण हो– लोनाकमा बनेको हिमताल ।
1
2
Next
header.Language