Navigation

Jobs

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क तालिम, शिक्षा तथा अनुसन्धानमार्फत नेपालमा खोजमूलक एवं मल्टिमिडिया पत्रकारिताको स्तर सुधारमा क्रियाशील गैरनाफामूलक संस्था हो ।

ह्युम्यानिटी युनाइटेडको सहयोगमा प्रेस स्वतन्त्रता र खोज पत्रकारिता प्रवद्र्धन परियोजनाका लागि निम्न तालिम एवं पदहरूका लागि प्रस्ताव आवेदन आह्वान गरिन्छ ।

तालिम
१. खोजमूलक डकुमेन्ट्री तालिम– १५ जना (आवेदन दिने अन्तिम मिति : चैत ३०, २०७८)
२०७९ साल जेठ ९ गतेदेखि जेठ १३ गतेसम्म काठमाडौंमा हुने पाँचदिने खोजमूलक डकुमेन्ट्री कार्यशालामा आवेदन दिन देशभरका पत्रकारलाई आमन्त्रण गरिन्छ ।

आवेदन दिन गुगल फर्म भर्नु हाेस् । Application link: https://bit.ly/NIMJNDocumentary

पदपूर्ति
२. खोजमूलक रिपोर्टिङ फेलो– २ जना (आवेदन दिने अन्तिम मिति : चैत १५, २०७८)
नाै महिने खोजमूलक एवं मल्टिमिडिया रिपोर्टिङ फेलोसिपका लागि एक जना सिनियर र एक जना जुनियर फेलोका लागि आह्वान गरिन्छ ।

आवेदन दिन गुगल फर्म भर्नु हाेस् । Application link:https://bit.ly/NIMJNReportingFellow

३. कार्यक्रम अधिकृत– १ जना (आवेदन दिने अन्तिम मिति : चैत ३०, २०७८)*
कार्यक्षेत्र– काठमाडौं
योग्यता– स्नातक उत्तीर्ण, (स्नातकोत्तर उत्तीर्णलाई प्राथमिकता दिइने) राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा सञ्चारमाध्यममा कम्तीमा ५ वर्षको अनुभव, नेपाली र अंग्रेजी भाषा लेख्न/बोल्न दक्ष ।

TOR and NIMJN Application form for program officer: https://bit.ly/NIMJNPO

४. कार्यक्रम तथा प्रशासन एसोसिएट– १ जना (आवेदन दिने अन्तिम मिति : चैत ३०, २०७८)*

योग्यता– (१०+२) उत्तीर्ण  (स्नातक उत्तीर्णलाई प्राथमिकता दिइने), गैरनाफामूलक क्षेत्रमा कार्यक्रम सहायकका रूपमा कम्तीमा ३ वर्षको अनुभव । नेपाली र अंग्रेजी भाषा लेख्न/बोल्न दक्ष, कम्प्युटर सिप भएको ।

TOR and NIMJN Application form for program and admin associate: https://bit.ly/NIMJNPAA

५. इन्टर्नस्– केही (आवेदन दिने अन्तिम मिति : फागुन ३०, २०७८)*
पत्रकारिताअन्तर्गत फोटोग्राफी, डिजाइन, कोडिइन, अनुसन्धान एवं सिर्जनशीलतामा अभिरुचि राख्ने स्नातक अध्ययनरतलाई यसमा आवेदन दिन प्रोत्साहन गरिन्छ । यसमा केही स्टाइपेज्डको व्यवस्था छ ।

आवेदन दिन गुगल फर्म भर्नु हाेस् । Application link: https://bit.ly/NIMJNInterns

निमजिन समान अवसर प्रदान गर्ने संस्था हो । महिला र अल्पसंख्यकलाई आवेदन दिन प्रोत्साहन गरिन्छ । प्रक्रिया नपुगेको आवदेनलाई सर्टलिस्टमा लिइने छैन ।

* म्याद थप गरिएकाे ।