Navigation
Digital tools, fact checking and source verification workshops on election reporting निर्वाचानकाे रिपोर्टिङ गर्नका लागि डिजिटल टुल, तथ्य जाँच र स्रोत प्रमाणिकरण कार्यशालाहरू Comments

AAJA-Asia and the Google News Initiative (GNI) have teamed up to provide free training and outreach to journalists in Asia looking to improve their reporting skills and employ the latest digital tools in their news gathering, fact-checking, reporting and storytelling. These workshops in Nepal are being organized in collaboration with NIMJN.

एएजेए-एसिया र गुगल न्युज इनिसियटिभ (जीएनआई) ले एसियाका पत्रकारहरूलाई उनीहरूको रिपोर्टिङ सीप सुधार गर्न र समाचार सङ्कलन, तथ्य जाँच, रिपोर्टिङ र स्टोरीटेलिङमा नवीनतम डिजिटल टुलहरू प्रयोग गर्न नि:शुल्क प्रशिक्षण प्रदान गर्न सहकार्य गरेका छन्। नेपालमा याे कार्यशाला नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कले अायाेजना गर्दैछ ।

Upcoming Programs November 15 and 16, 2022 (5 pm to 8 PM Nepal time, Virtual) | आगामी कार्यक्रमहरू: २०७९ साल कार्तिक २९ र ३० गते, भर्चुअल

२०७९ साल कार्तिक २९ गते पहिलाे सत्र ५ देखि ८ बजे : निर्वाचानकाे रिपोर्टिङ गर्नका लागि डिजिटल टुल

यो सत्रले पत्रकारहरूले समाचार पत्ता लगाउने, भिजुअलाइज गर्ने र सम्प्रेषण गर्ने नयाँ र नि:शुल्क अनलाइन टुलहरू र तिनलाई  प्रयाेग गर्ने विधिका बारेमा जानकारी दिनेछ । कार्यशालाले अनलाइन समाचार ट्रेन्ड खोज्ने, निगरानी गर्ने र समाचार भन्ने तरिका सुधार गर्न जियाे-लाेकेसन र भिजुअलाइजेसन टुल कसरी प्रयोग गर्ने भन्नेमा केन्द्रित हुनेछ। यसले निम्न टुल/विषयहरूलाई समेट्नेछ: गुगल ड्राइभ र यसका टुलहरू | बृहत् खोज | गुगल ट्रेन्ड | गुगल अलर्टहरू + अभिलेख गर्ने | अनुगमन गर्ने तरिका 
 
२०७९ साल कार्तिक ३० गते दाेस्राे सत्र ५ देखि ८ बजे : निर्वाचानकाे रिपोर्टिङ गर्नका लागि तथ्य जाँच र स्रोत प्रमाणीकरण यस सत्रमा अनलाइन प्रमाणीकरणसँग सम्बन्धित नयाँ विषय र अभ्यासहरू प्रस्तुत गरिनेछ । यसले नि:शुल्क गुगल टुल, तथ्य-जाँचकर्ताहरूले समाचारहरू जाँच्न र ठगीहरू पत्ता लगाउनका लागि विश्वव्यापी रूपमा प्रयोग गर्ने उत्कृष्ट उदाहरणहरूकाे पनि जानकारी दिनेछ । यस सत्रले निम्न विषयहरूलाई समेट्नेछ: न्यूजरूमका सामान्य गल्तीहरू  | रिभर्स फाटाे /भिडियो खोज्ने तरिका | डिपफेक्स  | सामाजिक मिडियामा निगरानी | सोर्सिङ र एट्रिब्युसन नेपालमा कार्यरत इच्छुक पत्रकारहरूले आवेदन दिन सक्नुहुनेछ। काठमाडाैं बाहिर माेफाेसलमा कार्यरत पत्रकारहरूलाई विशेष प्राथमिकता दिइनेछ । 
 
तालिममा सहभागि हुन तल विवरण भर्नुहाेस् ।
 

Comments