नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (एनआईएमजेएन) एक गैर-नाफामुखी संस्था हो । यसले पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया स्टोरी तयार गर्नका लागि विशिष्ट खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिप सहायता प्रदान गर्छ।
एनआईएमजेएनले खाेज पत्रकारहरूका लागि ३ दिने "सुरक्षा एवम् तथ्य जाँच प्रशिक्षण" अगस्ट १६ देखि १८, २०२० | श्रावण ३२ देखि भाद्र २, २०७७ मा सञ्चालन गर्दै छ । यस भर्चुअल तालिममा २० जना पत्रकारलाई काेभिड-१९ महामारी एवम् अन्य आपत्कालीन समयमा रिपोर्टिङ गर्नका लागि सुरक्षा, तनाव व्यवस्थापन, तथ्य जाँच र सहकार्य गरी रिपोर्टिङ गर्ने तरिकालगायत विषयमा प्रशिक्षण दिइनेछ ।
नेपालमा कार्यरत इच्छुक पत्रकारहरूले आवेदन दिन सक्नुहुनेछ। तलको फारम भर्नुहोस् ।
दर्ताका लागि अन्तिम दिन : अगस्ट १३, २०२० | श्रावण २६, २०७७
सम्पर्कका लागि : [email protected]
For registration: https://bit.ly/NIMJNT1